
म्याग्दी । नेपालमा कृषिको उब्जनीमा ह्रास आउँदै गएकोमा म्याग्दीका कृषक तथा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
४२ औँ विश्व खाद्य दिवस मनाउने सन्दर्भमा प्रांगारिक कृषि अभियन्ताहरूले खाद्य प्रणालीको पुनर्जीवनका लागि जैविक कृषिमा जोड दिनुपर्ने बताएका छन् ।
नेपालमा पनि कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणमा जोड दिँदै कार्यक्रम गर्ने गरिएपनि कृषिको उब्जनी भने बढ्न सकेको छैन ।
हाम्रो कृषि रासायनिक र विषादीका कारण जोखिमपूर्ण अवस्थामा पुगेको भन्दै रासायनिक मल र विषादी नरोकिए भावी सन्ततिमा पनि यही कृषि प्रणाली हस्तान्तरण हुने र उनीहरू पनि जोखिममा पर्ने कृषि अभियन्ता बताउँछन् ।
नेपालमा विश्व खाद्य दिवस मनाउन थालेको ४० वर्ष बितेपनि खाद्यान्नको अवस्था भने ओरालो झर्दै गइरहेको छ ।
दुई दशक अघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रका प्रत्येक घरमा अन्नले (धानरकोदो) भरिएका भकारी, टिन र थुन्सेभरि चामल, घरको बार्दलीमा मकैको बुर्चो, आगनमा थाँक्रो देखिन्थ्यो । तर अहिले गाउँघरमा भकारीमा अन्न होइन, बोरा र डालीमा सीमित हुन थालेको छ ।
तर पछिल्लो समय उन्नत खेती प्रणालीका नाममा रैथाने जात लोप हुँदै गएको र नेपाल बिउमा परनिर्भर बन्दै गएको उहाँले बताउनुभयो ।
तुलनात्मकरूपमा परम्परागत रैथाने खाद्यान्न बाली बढी स्वस्थकर हुने नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)का वरिष्ठ वैज्ञानिक बालकृष्ण जोशीले जानकारी दिनुभयो । उन्नत जातका खाद्यान्नमा कार्बोडाइड्रेडको मात्रा बढी हुने तर परम्परागत रैथाने खाद्यान्न सन्तुलित हुने उहाँको भनाइ छ । तर पछिल्लो समय उन्नत खेती प्रणालीका नाममा रैथाने जात लोप हुँदै गएको र नेपाल बिउमा परनिर्भर बन्दै गएको उहाँले बताउनुभयो ।
खाद्यका लागि कृष् िाअभियन्ता प्रमोद दाहालले हाम्रो कृषि रासायनिक र विषादीका कारण जोखिमपूर्ण अवस्थामा पुगेको भन्दै रासायनिक मल र विषादी नरोकिए भावी सन्ततिमा पनि यही कृषि प्रणाली हस्तान्तरण हुने र उनीहरू पनि जोखिममा पर्ने बताउनुभयो ।
अहिले शहरमा मात्रै होइन ग्रामीण क्षेत्रका घरहरुमा समेत प्राङ्गारिक मल देख्न मुस्किल पर्न थालेको छ । रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले केहि वर्ष अन्न उत्पादन बढेजस्तो लागे पनि क्रमशः माटोमा अम्लियपना बढ्दै जाने र अन्न उत्पादन घट्दै गएकोले अन्न भण्डारण गर्ने भकारी समेत गाउँमा देख्न नपाइकोे बेनीनगरपालिका–२ का ८९ वर्षीय खड्गबहादुर थापाले बताउनुभयो ।
“बजारबाट ल्याएको चामलको बोरा र तेलको पोकाबाट बिहान बेलुकीको भान्छा उम्किन्छ”, ८७ वर्षिय बेदप्रसाद उपाध्यायले भन्नुभयो “हाम्रो पालामा भकारीबाट धान झिकेर ढिकीमा कुट्दै एक वर्षसम्म पुग्ने चामल हुन्थ्यो, अहिले खेती गर्नै छोडे, कहाँबाट हुनु भकारीमा धान ।”
कृषि तथा पशुपक्षी विकास मन्त्रालयकी सहसचिव शवनम सिवाकोटीका अनुसार उत्पादन बढाउनुपर्ने चुनौती रहेकाले रासायनि कमल र विषादी प्रयोग पूर्ण प्रतिबन्ध भन्दा पनि क्रमिक रूपमा घटाउँदै विषादीको सन्तुलित प्रयोगका लागि सचेतना आवश्यक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्