काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले शीर्षस्थानको पञ्जाब किङ्ग्सलाई पराजित गर्दै शानदार जित हासिल गरेकाे छ ।
भारतकाे हैदरावादमा बुधबार राति भएकाे खेलमा हैदरावादले पञ्जाबलाई ३३ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे । याे जितसँगै हैदरावाद शीर्षस्थानमा पुगेको छ । पञ्जाब भने दोस्रो स्थानमा झरेको हाे । पञ्जाबले पछिल्लो ३ खेलमा लय गुमाउँदै लगातार ३ हार बेहोरेको छ ।
हैदरावादमा टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले ४ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । हैदरावादले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको पञ्जाबले ७ विकेट गुमाएर २ सय २ रनमात्र बनाउन सक्यो ।
हैदरावादको जितमा अभिषेक शर्मा, ट्रभिस हेड र नितिश कुमारले २ सय भन्दा बढीको स्ट्राइकरेटमा ब्याटिङ गरे का थिए। अभिषेकले १३ बलमा ३५, हेडले १९ बलमा ३८ र नितिशले १३ बलमा २९ रन बनाएका छन् ।
आईपीएलमा हैदरावाद ११ खेलमा १४ अङ्कका साथ तालिकाको शीर्षस्थानमा रहेकाे हाे । पञ्जाब भने १० खेलमा १३ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । साथै आईपीएल क्रिकेटमा बिहीबार राति पौने ८ बजे रोयल च्यालेन्जर्स बैंलाेर र लखनउ सुपर जाइन्टसबीच प्रतिस्पर्धा हुने भएकाे हाे।










प्रतिक्रिया दिनुहोस्