स्वास्थ्य लाभ गर्दै अभिनेत्री वर्षा शिवाकोटी « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


स्वास्थ्य लाभ गर्दै अभिनेत्री वर्षा शिवाकोटी


7.163k
Shares

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी अहिले आफ्नै घरमा उनी आराम गरिरहेकी छन् ।

बुधबार अपरान्ह  ‘माइनर हार्ट अट्याक’ (हृदयघात) भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको र त्यहाँ सामान्य उपचारपछि अहिले आफ्नै घरमा उनी आराम गरिरहेकी छन् । उनले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएकी हुन् ।

वर्षा केहीदिन अगाडि मात्र विदेश भ्रमणबाट नेपाल फर्किएकी हुन् । बुधबार गएको भूकम्पको कारण आफूलाई मिनी–हार्ट अट्याक भएको उनले स्टाटस मार्फत उल्लेख गरेकी छन् ।

उनी हाल श्रीमान् आशिष गेलालसँग चिसिएको सम्बन्धलाई लिएर समेत चर्चामा छिन् ।