सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापना हुन्छ : श्रममन्त्री कुँवर « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापना हुन्छ : श्रममन्त्री कुँवर


65
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले मुलुकभित्रै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ सीप विकास प्रतिष्ठान स्थापनाको प्रकिया अगाडी बढाएको बताउनुभएको छ ।

मन्त्री कुँवरले देशमा विधमान बेरोजगार युवा जनशक्तिलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु श्रृजना गर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा सप विकास प्रतिष्ठान स्थापनाको प्रकिया अगाडी बढाएको बताउनुभएको हो ।

उहाँले दक्ष जनशक्ति उत्पादन गर्नका लागि तयार पारिएको गठन आदेश मन्त्रीपरिषद्मा विचाराधिन अवस्थामा रहेको बताउनुभयो । गठन आदेश पारित भएसँगै सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापनाको प्रकिया अगाडी बढ्ने उहाँले बताउनुभयो ।

मन्त्री कुँवरले अनौपचारी क्षेत्र र वैदेशीक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष अन्तर्गत ल्याउने अन्तिम तयारी भएको पनि जानकारी दिनुभयो । उहाँले अनौपचारी क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई कोषअन्तर्गत ल्याउने गरी दुईवटा कार्यविधि तयारी भइ छलफलको क्रममा रहेको र केही समय भित्रै कार्यन्वयनमा आउने बताउनुभयो ।

उहाँले जर्मनसँग श्रम समझौता गर्ने तयारी अवस्थामा रहेको पनि जानकारी दिनुभयो । उहाँले नेपालका श्रमीकहरुले सम्मानजनक पारिश्रमिक पाउन् भन्नका लागि जर्मन, बेलायत, हंगेरी लगायतका देशसँग श्रम समझौता गर्ने तयारी गरेका बताउनुभयो ।