Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


म्याग्दीमा फेरियो चुनावी प्रचार शैली


104
Shares

म्याग्दी । म्याग्दीमा चुनावी प्रचार शैली फेरिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता भेटघाट तथा घरदैलो अभियानमा जुटेका भए पनि विगतका निर्वाचनमा चुनाव आउनुभन्दा दुई महिनाअघि नै उम्मेदवारका पोस्टर, पम्प्लेट, तुल, ब्यानरले रंगीन हुने गाउँ बस्ती, चोक र गल्ली, गल्छेडाहरु यसवर्ष रित्ता र उराठ लाग्दा देखिएका छन्  ।

माइकमा प्रचार सामाग्री र गीत घन्काउँदै शहर बजार र गाउँगाउँमा गाडीहरु पुग्दा मतदाताहरुमा देखिने रौनक हराएको छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको कडाइ गरेपछि दलहरुको चुनावी प्रचारशैली फेरिएको हो । गाउँ वस्तीमा मात्रै होइन सदरमुकाम बेनी बजारमा समेत कतै पनि पोस्टर, पम्प्लेट, तुल, ब्यानर टाँगिएको छैन ।

यस पाली चुनाव आए जस्तो नभएको मालिका गाउँपालिका– ५ का जसबहादुर बूढाको भनाइ छ ।