Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


‘समयको व्यवस्थापन गर्न नसकेसम्म देश समृद्ध हुँदैन’


52
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने बताएका छन् ।

एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान)ले दिगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलनमा बाल्दै उनले आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर मात्रै मुलुकमा दिगो आर्थिक विकास गर्न सकिने बताए।

पूर्वप्रधानमन्त्री भट्टराईले एक्यानले गरेको दिगो आर्थिक विकास सम्बन्धि राष्ट्रिय सम्मेलनले दिगो आर्थिक विकासको भावी योजना तथा कार्यान्वयनमा सहजता आउने बताए। उनले नेपालमा सबैले आफैले आफैलाई ठग्ने अवस्थामा पुगेको बताए।

डा. भट्टराईले नेपाली काँग्रेस अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नभएको प्रति असन्तुष्टि जनाउनु भयो। उहाँले देशको ठूलो लोकतान्त्रिक भन्ने पार्टी नेपाली काँग्रेसले वाग्लेलाई चुनाव लड्नेको लागि टिकट नदिएको भन्दै टिप्पणी गरे।

उनले डा.वाग्ले जस्ता विद्वानहरुलाई निर्वाचन लड्नको लागि टिकट नदिए देश विकास असम्भव रहेको दाबी गरे।

डा.भट्टराईले बुद्धिजीवी र विकास गर्ने विज्ञहरुलाई राजनीतिकबाट बन्चित गर्ने हो भने देश विकास गर्न सम्भव नभएको बताए।

उनले विज्ञहरुलाई देश भन्दा बाहिर पठाएर मुलुक भित्र गरिव निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने बताए।