Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


सल्लेरी क्षेत्रका होटल तथा लज भरिभराउ


3.3k
Shares

सोलुखुम्बु । फाटफुट रुपमा पर्यटक आउने सोलुखुम्बुको सदरमुकाम सल्लेरी क्षेत्रका होटल तथा लजहरु विदेशी पर्यटकले भरिभराउ भएका छन् । हवाई तथा स्थलमार्ग हुँदै खुम्बु जाने पर्यटकको संख्या ह्वात्तै बढेसँगै सल्लेरी र फाप्लु क्षेत्रका होटलहरुमा विदेशी पर्यटकको चाप बढेको हो ।

केही दिनयता निरन्तर मौसम प्रतिकुल हुँदा लुक्लामा हवाई उडान प्रभावित बनेपछि सगरमाथा क्षेत्रमा जानका लागि पुगेका कतिपय विदेशी पर्यटकहरु फाप्लु विमानस्थलमा झरेका र कतिपय स्थलमार्गबाट सल्लेरी हुँदै खुम्बु जान थालेपछि सदरमुकाम सल्लेरीमा पर्यटकको आगमन उच्च भएको होटल व्यवसायीहरुले बताएका छन् ।

होटलका कोठाहरु प्याक हुँदा बासमा आएका पर्यटकहरु फकार्उनु परेको एभरेष्ट होटल फाप्लुका सञ्चालक याङ्डी लामाले बताउनुभयो । सोमबार र मंगलबार २५ भन्दा बढी उडानबाट फाप्लुमा करिब साढे तीन सय पर्यटक ओर्लिएका छन् भने स्थलमार्गबाट पनि पर्यटकहरु पुगेका छन् ।