Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ


0
Shares

काठमाडौं, भदौ ६ । आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा उदयपुरमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका–२ नौले, करकुसेका ४५ वर्षीय लालध्वज भनिने भीमबहादुर (नाम परिवर्तन) रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आफूलाई श्रीमानले जबर्जस्ती करणी गरेको र नाबालिक छोरीलाई पनि यौन दुर्व्यवहार गरेको भन्दै उनी विरुद्ध श्रीमतीले नै प्रहरीमा उजुरी दिएकी थिइन् । –राजधानी दैनिकबाट