Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


रुसी राष्ट्रपति पुटिनले युक्रेनी जनताविरुद्ध अपराध गरेको बाइडेनकाे आरोप


351
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनको राजधानी कीभ लगायतका शहरहरुमा गरेको मिसाइल आक्रमणलाई आतंकवादी कारबाहीको संज्ञा दिनुभएकाे छ ।

उहाँले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनी जनताविरुद्ध युद्ध अपराध गरेको आरोप समेत लगाउनुभएको हाे । उहाँले रुसमाथिको अमेरिकी प्रतिबन्ध जारी नै रहने बताउनुभएकाे छ । राष्ट्रपति पुटिन अत्याचार र युद्ध अपराधको जिम्मेवार हुनुपर्ने उहाँकाे तर्क छ ।

युक्रेनको स्वतन्त्रता रक्षाका लागि अमेरिका हरदम साथ रहने समेत उहाँले दोहोर्याउनुभएकाे छ । साथै राष्ट्रपति बाइडेनले रुसकाे मिसाइल आक्रमणमा परी घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।