काठमाडौं । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ ।
पिसाबमा संक्रमण भएका कारण गत सेप्टेम्बर २६ देखि गुरुग्रामको मेदान्ता अस्पतालमा उपचार गराईरहेका यादवको निधन भएको जानकारी उहाँका छोरा अखिलेश यादवलाई उद्धृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएका छन् । सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बन्नुभएका यादवले ३ पटक प्रदेशको नेतृत्व समेत गर्नुभएको थियो ।
उहाँ संघीय सरकारमा रक्षामन्त्री समेत बन्नुभएको थियो । आफ्नै छोरा अखिलेश यादवले पार्टी फुटाएर गएपछि उत्तर प्रदेशको राजीतिबाट यादव ओझेलमा पर्नुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्