
काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ ।
बडादशैं अन्तर्गत आज मंगलबार महानवमीको अवसरमा शस्त्रअस्त्र तथा औजारहरू र अटो शोरूम, अटो वर्कशप तथा नीजि सवारीहरू पूजा गरिन्छ ।
महानवमीको अवसरमा मंगलबार बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैं साथ दिने, नबिग्रने आशका साथ सवारीको पूजा गर्ने गरिएको हो ।
मंगलबारको दिन विशेषतः अटो शोरूमहरूले पनि अटोमोबाइल्स् प्रोडक्टहरूको विशेष पूजाअर्चना गर्छन् ।
विधिवत् रूपमा गरिने यो पूजालाई विशेष महत्त्वका रूपमा लिइन्छ ।
नवरात्रको महाअष्टमी/नवमीमा औजारहरूको पूजा गरेमा औजार वा साधन धेरै समय टिक्ने, आफूललाई नाफाउन्मुख गराउने जस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रही आएको छ ।
प्रतिक्रिया दिनुहोस्