२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बत्तीस दलले सच्याए बन्दसूची


325
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ३२ राजनीतिक दलले प्रतिनिधि सभातर्फको समानुपातिकको बन्दसूची परिमार्जन गरेका छन् ।

निर्वाचन आयोगले आइतबारसम्म बन्दसूची संशोधन गर्न अवधि दिएकोमा आइतबार साँझसम्म ३२ दलले पहिले प्रस्तुत गरेको सूची संशोधन गरी आयोगमा बुझाएका छन् ।

निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आइतबार साँझसम्ममा ३२ वटा राजनीतिक दलले समानुपातिकको बन्दसूची सच्याएर बुझाएका हुन् ।

आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिकको बन्दसूची सच्याएर बुझाउन आइतबारसम्मको समयसीमा दिएर ४८ राजनीतिक दललाई पत्राचार गरेको थियो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।