५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


युक्रेनको लिमान शहरबाट रुसी सेना फिर्ता


1.443k
Shares

काठमाडौं । युक्रेनका ४ वटा क्षेत्र आफूमा गाभेको घोषणा गरेको रुसले युक्रेनको लिमान शहरबाट सेना फिर्ता गरेको छ ।

महिनौदेखि सोही शहर कब्जामा लिने दाउमा रहेको रुसले सेना फिर्ता गरेकाे हो । सयौं रुसी सेनाको घेराउमा परेको रणनीतिक महत्वको यो शहर डोनेट्स्क र लुहान्स्क क्षेत्र नजिकै रहेको छ । रुसी सेना फिर्ता भएसंगै युक्रेनी सेनाले सोही शहरमा राष्ट्रिय झण्डा फहराएका छन् ।

युक्रेनी सेनाको दवाब बढेपछि रुसले सेना फिर्ता गरेको विश्लेषण गरिएको छ । यद्दपी युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीले भने लिमान शहरमा अझै युद्ध जारी रहेको भन्दै युक्रेनी सेनालाई सचेत रहन अपील गर्नुभएको छ । उता, युक्रेनका ४ क्षेत्र गाभेको गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी अमेरिकाले रुसलाई दिएको छ ।

राष्ट्रपति जो बाइडेनले अमेरिकाले सधै युक्रेनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमानाको सम्मान गर्ने र आफ्नो भू-भाग पुनः प्राप्त गर्ने युक्रेनी प्रयासलाई समर्थन जारी राख्ने बताउनुभएको छ ।