गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट

कम्तीमा १५ सिट नपाए एक्लै चुनाव लड्छौं : यादव

429
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेको छ ।

पाँच दलिय गठबन्धनको एक घटक जसपा सिट बाँडफाँटमा अन्यायमा गर्न लागिएको भन्दै असन्तुष्ट बनेको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेका छन् ।

धनुषामा बिहीबार आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले जसपा गठबन्धनबिना चुनाव लड्न सक्षम रहेको धारणा राखेका थिए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।