Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


दुई विमान एकआपसमा ठोक्कियाे


27.5k
Shares

एजेन्सी । बेलायतमा दुई विमान एकआपसमा ठोक्किएका छन् । हेथ्रो विमानस्थलमा दुई विमान एकआपसमा ठोक्किएका हुन्।

कोरियन एयरलायन्सको ७७७ विमान र आइल्यान्ड एयरको ७६७ जेट बुधबार राति सामान्य ठोक्किएको बीबीसीले जनाएको छ।

कोरियन विमानमा सवार गार्जियनका पत्रकार डान सब्बागले दुर्घटना भयंकर भएको उल्लेख गरेका छन्।

उनले आफू चढेको विमान अर्को विमानले काटिदिएको अनुभूत भएको उल्लेख गरेका छन्। एक विमानको पंखामा क्षति भएको बताइएको छ।