क्युबामा समुद्री आँधीका कारण १० लाख मानिस अन्धकारमा बस्न बाध्य « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


क्युबामा समुद्री आँधीका कारण १० लाख मानिस अन्धकारमा बस्न बाध्य


208
Shares

काठमाडाैं । क्युबामा हालै आएको आँधीका कारण हजारौं मानिस विस्थापित हुँदा १० लाख मानिस अध्यारोमा बस्न बाध्य भएका छन् ।

क्युबामा आएको इयान नामक आँधीका कारण एक जनाको मृत्युको भएको छ । साथै भवन तथा संरचनामा ठूलो क्षति पुगेको छ। यसैबीच क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेलले आँधी प्रभावित क्षेत्रको समेत भ्रमण गर्नु भएकाे छ । उहाँले बाढी प्रभावितहरुका लागि उचित ब्यवस्थापन र क्षतिपूर्ति उपलब्ध गराउन समेत निर्देशन दिनुभएको छ ।

आँधीले क्युबाको जनजीवन अस्तब्यस्त बनेपछि त्यहाँका ६ वटा क्षेत्रमा आपत्कालकाे समेत घोषणा गरिएको छ । आँधी प्रभावित क्षेत्रमा बाढी र पहिरो आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ । आँधी १ सय ९५ किलोमिटर प्रतिघण्टाको गतिमा अहिले फ्लोरिडातर्फ अघि बढिरहेको जनाइएको छ । सोही आँधी मंगलबारदेखि मेक्सिकोको दक्षिण–पूर्वी खाडीमा बलियो हुँदै अगाडि बढेको हो ।

फ्लोरिडामा ५ हजार राष्ट्रिय गार्डलाई तयारी अवस्थामा राखिएको छ ।