Logo १४ कार्तिक २०८२, शुक्रबार | Sat Nov 1 2025


खोटाङमा ट्याक्टरबाट खसेर एकको मृत्यु


39
Shares

काठमाडौंः खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडामा राति ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

प्रदेश १–०२–००३ त १४९२ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय ५६ वर्षीय टेक बहादुर राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो ।

ट्याक्टर सहित चालकलाई प्रहरी चौकी तालखर्क खोटाङले नियन्त्रणमा लिएको छ ।