ब्याजदर वृद्धिमा व्यवसायी-बैंकर आरोप प्रत्यारोप « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


ब्याजदर वृद्धिमा व्यवसायी-बैंकर आरोप प्रत्यारोप


130
Shares

काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर बढाएको आरोप उद्योगी व्यवसायीहरूले लगाएपछि बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्वजानकारी दिएर बैंकहरूले ब्याज बढाएको दाबी गरेका छन् ।

मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुई महिनाको समय दिएर ब्याजदर बढाएको पनि स्पष्ट पारे ।

उनले हाल डलरको मूल्य १० रुपैयाँसम्म बढी वृद्धि भएको भन्दै सबै लागत जोडेर व्यवसायीहरू बजारमा जाने बैंकको लागत जोड्न नहुने भन्ने विश्वमा कहीँ नभएको बताए ।

अध्यक्ष उपाध्यायले बजारमा तरलता अभाjका कारण असारदेखि अहिलेसम्म कर्जा वृद्धि हुन नसकेको भन्दै चालु आर्थिक वर्षको पहिलो महिनादेखि अहिलेसम्म ३० देखि ४० अर्व निक्षेप संकलन भएको बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।