४ असार २०८२, बुधबार | Wed Jun 18 2025


जसपाका जनवर्गीय संगठनद्वारा राष्ट्रपति भण्डारीको पुत्ला दहन


104
Shares

राजविराज । जनता समाजवादी पार्टी (जसपा) निकट जनवर्गीय संगठनले सप्तरीमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ ।

सदरमुकाम राजविराजमा राष्ट्रपति भण्डारीको जनवर्गीय संगठनले पुत्ला दहन गरेको हाे ।

सोही क्रममा प्रहरी र प्रदर्शनकारी बीच घम्साघसी हुदाँ दुई जना घाइते भएका छन् ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा संगठनद्वारा राष्ट्रपति भण्डारीको पुत्ला जलाएको हो ।