१८ वर्ष मुनिका बालबालिकालाई सुर्तिजन्य पदार्थ बिक्री नगर्ने प्रतिवद्धता « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


१८ वर्ष मुनिका बालबालिकालाई सुर्तिजन्य पदार्थ बिक्री नगर्ने प्रतिवद्धता


195
Shares

काभ्रे । काभ्रेको पनौती नगरपालिका–४ का होटल सञ्चालक तथा पसल व्यापारीले १८ वर्ष मुनिका बालबालिकालाई धुम्रपान, मद्यपान र सुर्तिजन्य पदार्थ बिक्री वितरण नगर्ने प्रतिवद्धता जनाएका छन् ।

बालमैत्री स्थानीय शासन वडा समितिले आयोजना गरेको सामुहिक प्रतिवद्धता कार्यक्रममा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

मदिरा तथा मद्यपानजन्य पदार्थ बिक्री बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्रै गरिने जनाइएको छ ।