१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अनुदानको मलमा कालोबजारी


52
Shares

वीरगन्ज । पर्साको ग्रामीण भेगमा सरकारी अनुदानको मल कालोबजारी गरी बेच्ने कार्यमा संग्लन दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सागढी नगरपालिका-३ बडनिहार बजारको दुई पसलबाट सरकारी अनुदानको २७ बोरा मलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कृषि सामग्री कम्पनीले किसानलाई सहुलियत दरमा उपलब्ध गराउन कृषि सहकारी संस्थालाई वितरण गरेको युरिया मल र डीएसी मल निजि पसलमा राखेर बेच्ने क्रममा प्रहरीले २७ बोरा मलसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।