
काठमाडौं । सरकारले आगामी १ मंसिरभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीलाई ख्वाउने दावी गरेको छ ।
४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशमा निर्वाचन मतदातालाई सकारात्मक प्रभाव पार्न पनि चाँडो भन्दा चाँडो मेलम्ची खानेपानी आयोजना उपत्यका ल्याउने कोसिस थालिएको अन्दाज लगाउन मुश्किल नभए पनि वर्षाको समयमा मेलम्ची नदीमा बाढी आउन सक्ने र प्रकृतिक विपत्तिका कारण मेलम्ची खानेपानी आयोजनामा हुन सक्ने ठूलो वित्तीय नोक्सानी रोक्नका लागि यसअघि पनि खानेपानी बन्द गरिएको थियो ।
तर, खानेपानी मन्त्रालयले आगामी चुनाव अगाडी नै उपत्यकाको धारा धारामा खानेपानी ल्याउने गरी काम अगाडी बढाइएको जानकारी गराएको छ । मेलम्ची खानेपानी २०७७ साल चैत दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भएको थियो ।तर २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो ।
प्राकृतिक विपत्तिबाट आयोजनामा हुन सक्ने क्षति जोगाउन भन्दै गत १७ जेठ मेलम्ची खानेपानी आयोजनाको सुरुङको मुल ठोका बन्द गरिएको हो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्