दशैं बजारलक्षित चौपायाका स्वास्थ्य परीक्षण सुरू हुँदै « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


दशैं बजारलक्षित चौपायाका स्वास्थ्य परीक्षण सुरू हुँदै

सिङमा हरियो रङ भएको चौपाया मात्र किन्न कामपाको आग्रह

13
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानी बासीलाई स्वस्थ मासु खुवाउन राजधानी भित्रिने खसी बोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

कामपाले घटस्थापनादेखि नवमीसम्म राजधानीको चार स्थान कलंकी, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री कक्षमा चौपायाको परीक्षण गर्न लागेको हो ।

स्वास्थ्य परीक्षणपछि स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थ्य चौपायाको सिङमा रातो रङ लगाइने कामपाका जनस्वास्थ्य महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाले बताउनुभयो ।

उहाँले दिनुभएको जानकारीअनुसार आज आइतबार बस्ने बैठकले त्यस विषयमा निर्णय गर्नेछ । कामपाले सबै स्थलमा छुट्टाछुट्टै समूह बनाएर अनुगमन गर्ने भएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।