कपिलवस्तुमा जिप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Wed Feb 1 2023


कपिलवस्तुमा जिप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


156
Shares

कपिलवस्तु । शिवराज नगरपालिका–१ मा आज शनिबार बिहान पिकअप बलेरो जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ४५ वर्षीय चन्द्रमणी ज्ञवाली रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

पश्चिमबाट पूर्व तर्फ गइरहेको बा. प्र. ०१–०२५ च ९२४४ नम्बरको जिप र विपरित दिशाबाट आइरहेको लु ५७ प ५८०३ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भिर घाइते भएका ज्ञवालीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको वडा प्रहरी कार्यालय प्रमुख कपिल शाहीले जानकारी दिनुभयो ।

जिप र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।