प्रतितोला एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


प्रतितोला एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य


741
Shares

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य शुक्रबार १५ रुपैयाँले बढेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।