Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


कुवेत जेलमा रहेका २६८ जना बन्दीलाई कोरोना संक्रमण


0
Shares

-हरि कृष्ण न्यौपाने(जिएनएनएन)

कुवेत । विभिन्न अभियोगमा कुवेतको केन्द्रिय जेलमा जेल सजाय भोगी रहेका बन्दीहरु मध्ये २६८ जनामा कोरोना संक्रमण देखिएको छ।

कुवेतको गृह मन्त्रालयले टुईटर मार्फत जानकारी गराए अनुसार जेल जीवन बिताइ रहेका कोरोना संक्रमित २६८ जना बन्दीहरु मध्ये २२५ जनालाई निको भैसकेको छ ।

कुवेतको अंग्रेजी अनलाइन पत्रीका अरब टाइम्समा जुन ११,२०२०का दिन प्रकाशित समाचारमा जनाइए अनुसार कुवेतको गृह मन्त्रालयले स्वास्थ्य मन्त्रालय संग समन्वय गरि जेलमा रहेका सम्पूर्ण बन्दीहरुलाई पिसिआर स्वाब टेस्ट गराएको थियो।

जसमा २६८ जना बन्दीहरुमा कोरोना पोजेटिभ देखिएको थियो ।

उक्त समाचारमा भनिएको छूसंक्रमित मध्ये २२५ जना बन्दीहरु कोरोना मुक्त भएका छन भने ४३ जना बन्दीहरु अझै आइसुलेशनमा विशेष निगरानीमा रहेका छन ।