२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सभामुख र उपसभामुख पद खाली गराउन रिट दायर


676
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले सो रिट दायर गर्नु भएको हो ।

संसद्को अवधि समाप्त भइसकेपछि सभामुख र उपसभामुख पद पनि स्वत: रिक्त हुने जिकिर रिट निवेदनमा गरिएको छ ।

निवेदनमा प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था उल्लेख गर्दै सभामुख र उपसभामुखको पद पनि खाली हुनुपर्ने माग गरिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।