Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


एमाले स्थायी कमिटीको पहिलो बैठक असोज २२ गते


0
Shares

काठमाडौं । नेकपा (एमाले) ले ११औँ महाधिवेशनपछि स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ।

पार्टी सचिवालयका अनुसार बैठक असोज २२ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

महाधिवेशनपछि गठन भएको स्थायी कमिटीको यो पहिलो बैठक हो।