
काठमाडौं । माल्दिभ्समा हुने दक्षिण एसियाली महिला बास्केटबल (साबा) च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सको सामना गर्ने भएको छ ।
आयोजक माल्दिभ्स बास्केटबल एसोसियसनले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्दी घरेलु टोलीलाई पाएको हो ।
नेपाल र माल्दिभ्सबीचको खेल आइतबार हुने छ । यस्तै, नेपालले दोस्रो खेलमा श्रीलंकासँग मंगलबार र अन्तिम खेलमा भुटानसँग बुधबार खेल्ने छ । भारतले अन्तिम समयमा आएर नाम फिर्ता लिएपछि च्याम्पियनसिपमा जम्मा चार टिमले मात्र प्रतिस्पर्धा गर्ने भएका हुन् ।
प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स जाने छ । नेपालले सदिना श्रेष्ठको कप्तानीमा प्रतियोगिता खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्