समृद्ध नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी छ : झलनाथ खनाल « Imagekhabar – Online News Portal of Nepal
९ आश्विन २०७९, आईतवार | Sun Sep 25 2022


समृद्ध नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी छ : झलनाथ खनाल


299
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालले संविधानले भनेको समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको सामाजिक, आर्थिक रुपान्तरणलाई तीब्र बनाउने र देशमा भोगिरहेका समस्याको समाधान गर्दै स्वतन्त्रता, सार्वभौमिक सत्तालाई सदृढ गर्ने दायित्व रहेको बताउनुभयो ।

नेता खनालले स्व. थापाको जीवनीबाट देशको विकास कसरी गर्ने भन्नेकुरा सिक्न सकिने बताउनुभयो । उहाँले अहिले देशमा सम्भावना र चुनौती दुवै रहेकोले चुनौतीको समाधान गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

सम्मानित नेता खनालले स्व. थापाको जीवन नेपालीहरुका लागि शिक्षा लिन योग्य जीवन रहेको उल्लेख गर्नुभयो ।