२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


अहिले पनि माओवादीमा मानवता उस्तै छ : अध्यक्ष दाहाल


1.404k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललले नेकपा (माओवादी केन्द्र) जनताको शान्तिको चाहनासँग एकाकार रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली जनतामा अझै पनि युद्ध गरेर आएको दल शान्तिप्रतिको लगावमा छैन कि भन्ने भ्रम रहेको भन्दै सबैले यस्तो विभ्रमलाई दिमागबाट हटाउन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष दाहालले अहिले पनि नेकपा (माओवादी केन्द्र)मा मानवता, लोकतन्त्र, परिवर्तन, न्याय र समानताप्रतिको उद्देश्य उस्तै रहेको बताउनुभयो ।

उहाँले शान्तिप्रतिको लगाव र निष्ठा नभएको हुन्थ्यो भने, मानवता र लोकतन्त्रप्रतिको निष्ठा नभएको भए शान्तिप्रक्रियाको सम्झौता सम्भव नभएको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीयतालाई व्यवस्थित गर्न लोकतान्त्रिक प्रक्रियामा सबभन्दा बढी गहिराइको साथ लागेको बताउँदै नेपालमा युद्धले शान्ति ल्याएको बताउनुभयो ।

अध्यक्ष दाहालले पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको आत्मकथाबाट धेरै कुरा सिकेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।