
web pic
काठमाडाैं । रुकुम पूर्वमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाकाे ज्यान गएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार काठमाडौँबाट रुकुम पूर्वतर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना भएको हाे ।
रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले मध्य पहाडी लोकमार्ग भूमे गाउँपालिका-२ थाबाङ बगरमा बिहिबार दिउँसो ३ बजेतिर बस दुर्घटना भएकाे बताउनु भयाे ।
उहाँका अनुसार दुर्घटनामा परी पाँच जनाकाे ज्यान गएकाे छ भने १२ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकल र जिल्ला अस्पतालमा उपचार भइरहेकाे डीएसपी डाँगीले बताउनु भयाे ।
प्रतिक्रिया दिनुहोस्