मुस्ताङका किसानलाई स्याउ टिप्न भ्याईनभ्याई « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


मुस्ताङका किसानलाई स्याउ टिप्न भ्याईनभ्याई

'बगैंचामै ब्यापारीहरुको चहलपहल'

377
Shares

म्याग्दी । मुस्ताङका स्याउ किसानहरुले स्याउ टिप्न सुरु गरेका छन् ।

मुस्ताङका पाँचवटै स्थानीय तहका स्याउ बगैंचामा यति बेला स्याउ टिप्न भ्याई नभ्याई छ भने व्यापारीहरुको पनि चहलपहल बढेको छ ।

बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्दै यसवर्ष स्याउ टिप्ने समय तोकिएको थियो ।

भदौ २५ गतेदेखि कृषकहरुलाई स्याउ टिप्न दिने निर्णय भएसँगै बगैंचाहरुमा स्याउ टिप्न सुरु भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।

यस वर्ष मुस्ताङमा स्याउ उत्पादन बढ्ने अनुमान गरिएको छ । विगतमा नपाकेको स्याउ बजार जाँदा उपभोक्ताले मुस्ताङको स्याउको गुणस्तर चाख्न नपाएपछि यस वर्षदेखि बोटमै पाकेपछि मात्रै स्याउ टिप्न दिने निर्णय गरिएको थियो ।

मौसम अनुकूल भएकाले यो वर्ष मुस्ताङमा स्याउको उत्पादन १५ प्रतिशतले वृद्धि हुने कृषि कार्यालयले गरेको छ ।