‘राष्ट्रपतिलाई पदमा बस्ने अधिकार छैन’ « Imagekhabar – Online News Portal of Nepal
९ आश्विन २०७९, आईतवार | Sun Sep 25 2022


‘राष्ट्रपतिलाई पदमा बस्ने अधिकार छैन’


2.782k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि पेस भएको नागरिकता विधेयक समयसीमाभित्र प्रमाणीकरण नगरेको भन्दै चौतर्फी विरोध भएको छ ।

दोस्रोपटक पेस भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्थाको विरुद्धमा राष्ट्रपति भण्डारी उभिएको भन्दै उपराष्ट्रपति, पूर्वराष्ट्रपति, सत्ता गठबन्धनका साथै विभिन्न राजनीतिक दल, नागरिक समाजसहित विभिन्न पक्षले विरोध जनाएका हुन् ।

उनीहरूले संविधानको सीमालाई कुल्चेको जनाउँदै भण्डारीलाई पदमा बस्ने नैतिक अधिकार नभएको बताएका छन् ।

तत्काल पदबाट राजीनामा गर्न भण्डारीलाई आग्रह पनि गरिएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।