२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?


195
Shares

काठमाडौं । ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।

आज (बुधबार) देशको बागमती प्रदेश, गण्डकीप्रदेश र लुम्बिनी प्रदेशमा सामान्य भई केही स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ । त्यस्तै, बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली भइ केही स्थानहरुमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।