३१ जेष्ठ २०८१, बिहिबार | Thu Jun 13 2024


थप ७४ जनामा कोरोना संक्रमण


182
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १२ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ५ सय ३५ जनाको पीसीआर र १ हजार ९ सय ७७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार १ सय ६० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार ६ सय १९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।