२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बारा-पर्सामा दैनिक १२-१६ घण्टासम्म लोडसेडिङ हुँदा उद्योगी मर्कामा


676
Shares

काठमाडौं । बारा र पर्साको औद्योगिक करिडोरमा दैनिक अघोषित रुपमा १२ देखि १६ घन्टा लोडसेडिङ हुँदा उद्योगीहरु मारमा परेका छन् ।

२ सातादेखि बिना जानकारी साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म पटकपटक विद्युत कटौती भएको उद्योगीहरुले गुनासो गरेका छन् । लगातार १६ घन्टा लोडसेडिङ हुँदा उत्पादन ५० प्रतिशतले घटेको उद्योगीहरुको भनाइ छ।

विद्युतको अभावमा डिजेलको प्रयोग गर्नु परेका कारण उत्पादनलागत बढ्दा वस्तुको मूल्यसमेत वृद्धि गर्नु परेको उनीहरुको भनाइ छ । विद्युत प्राधिकरणले बिना जानकारी पटक–पटक विद्युत कटौती गर्दा ठूला मेशिनको पार्टपूर्जा बिग्रने र सञ्चालनमा समेत समस्या भएको उनीहरुको गुनासो छ ।

बारा र पर्सा औद्योगिक करिडोरमा ठूला-साना गरी ५ सय भन्दा धेरै निमार्णजन्य, खाद्य र तेल उद्योग छन् ।