Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


निवर्तमान सांसद अग्रहरी एमाले प्रवेश


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (राजपा)की केन्द्रीय कार्यकारी समितिका सदस्य एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य अमृता अग्रहरी नेकपा एमालेमा प्रवेश गर्नु भएकाे हाे।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रहरीलाई पार्टीमा स्वागत गर्नु भएकाे एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयाे । जसपामा पछिल्लो समय अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट रहँदै आउनु भएकी अग्रहरिले चुनावको मुखमा एमाले रोज्नु भएकाे हाे ।

नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा कृयाशिल रहेको बताउने कपिलवस्तुकी अग्रहरि राजपाबाट सांसद बनेकी बन्नु भएकाे थियाे ।

आसन्न मंसिर ४ गते हुने निर्वाचन नजिकिएसँगै नेतादेखि निवर्तमान सांसदहरु पार्टी परित्याग गरिरहेका छन्।