Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


एनआईसी एशियाको ‘दशैं–तिहार महोत्सव’ योजना : डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म क्यासब्याक र छुट


78
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले नेपालीहरूको महान चाड दसैं, तिहार, छठ लगायतका पर्वको पावन अवसरमा ‘दसैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका निमित्त दशैं–तिहार महोत्सव’ योजना ल्याइएको बैंकले जनाएको छ ।

यस योजनामार्फत भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त हुनेछ ।

यो योजना असोज १ गतेदेखि कात्र्तिक १५ गतेसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा रू. ५०० सम्म छुट प्राप्त हुनेछ ।

त्यसैगरी सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवं साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा रू. ३०० सम्म छुट तथा क्यासब्याज उपलब्ध हुनेछ ।

साथै, यस बैंकमा खाता नभएकाहरूले नेपालभर रहेका भाटभटेनी सुपरमार्केटहरू तथा सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने यस बैंकको स्टलमार्फत खाता खोली तत्काल यस बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी छुट तथा क्यासब्याकको फाइदा लिन सकिने प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे जानकारी दिनुभएको छ ।

त्यसैगरी विभिन्न अनलाईनमार्फत किनमेल गरी ई–कमर्श भुक्तानी गर्दा तथा अन्य विभिन्न शपिङ्ग स्टोरहरूमा किनमेल गरी कार्ड एवं मोवाइलबाट भुक्तानी गर्दा समेत आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था रहेको छ ।