मुसहर समुदायका मानिस पानी चुहिने झुपडीमा कष्टकर जीवन बिताउन बाध्य « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Thu Sep 29 2022


मुसहर समुदायका मानिस पानी चुहिने झुपडीमा कष्टकर जीवन बिताउन बाध्य


156
Shares

सर्लाही । सर्लाहीका मुसहर समुदायका मानिसहरु पानी चुहिने झुपडीमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।

सर्लाहीको बसबरिया गाउँपालिका भवानीपुरका मुसहर बस्तीका मानिसहरु पानी चुहिने खरको छानामुनी रात काट्न बाध्य भएका हुन् । गाँस बास र कपास जस्ता आधारभूत आवश्यकता परिपूर्ति गर्न परिवार नै दैनिक ज्याला मजदुरीमा निर्भर रहनुपर्ने भएकाले उनीहरुले स्थानीय सरकारको कार्यक्रमबाट लाभ लिन सकेका छैनन् ।

अन्य समुदायका मानिसले जग्गा जमिन पाएपनि गरीब तथा दलित मुसहर समुदाय सुकुम्बासी रहेका छन । उनीहरु आफ्ना माग लिएर स्थानीय सरकार, भूमि आयोग र स्थानीय प्रशासनमा जान नसक्दा समस्या व्यहोर्न बाध्य भएका छन् ।