१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


दुई सय वर्षअघिको अमेरिकी अभ्यास : संसद् अन्त्य हुँदैमा महाभियोग निष्किय हुँदैन


2.47k
Shares

काठमाडौं । एक अमेरिकी न्यायाधीशमाथि २ सय वर्षअघि लागेको महाभियोगको प्रसँगले संसद्को अधिवेशन समाप्त भएकै आधारमा महाभियोग निष्किय नहुने कायम रहेको इतिहास छ ।

अमेसरकी न्यायिक इतिहासमा न्यायाधीशमाथि लागेको पहिलो महाभियोग र सम्भवतः संसरकै पहिलो महाभियोगमा स्थापित सिद्धान्तले संसद्ले संसद्को अधिवेशन समाप्तिसँगै महाभियोग स्वतः निष्किय हुन नसक्ने सिद्धान्त कायम भएको छ ।

सन् १८०३ मा अमेरिकामा पारित ह्याम्फेर जिल्ला न्यायाधीश जोन पिकरिङमाथि लागेको पहिलो महाभियोगको दृष्टान्तले हाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोेगमा देखिएको अन्योलको समाधानमा मद्दत पुग्छ ।

महाभियोग छानबिन समितिमा बयान दिँदै निलम्बित प्रधानन्यायाधीश जबराले संसद्को अधिवेशन समाप्त भएसँगै आफूमाथि लागेको महाभियोग निष्किय भई आफू पदमा फर्किन कुनै बाधा नहुने दाबी गर्दै आएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।