स्वीडेनको संसदीय चुनावको परिणाम लगत्तै प्रधानमन्त्री एन्डर्सनले दिइन् राजीनामा « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


स्वीडेनको संसदीय चुनावको परिणाम लगत्तै प्रधानमन्त्री एन्डर्सनले दिइन् राजीनामा


559
Shares

काठमाडौं । स्वीडेनमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी शक्तिहरुको अभूतपूर्व जित भएको छ ।

निर्वाचन परिणाम अनुसार कुल ३५९ सदस्यीय संसदमा दक्षिणपन्थी स्वीडेन डेमोक्रेट्स् र उग्र दक्षिणपन्थी पार्टी क्रिश्चियन डेमोक्र्याट्सले १७६ सीटसहित बहुमत सिट जितेका छन् । सत्ताधारी मध्यमार्गी र बामपन्थी पार्टीहरु भने १७३ सीटमा खुम्चिएका छन् ।

निर्वाचन परिणाम लगत्तै स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री मगडेलेना एन्डर्सनले हार स्वीकार्दै पदबाट राजीनामा घोषणा गरेकी छन् ।

दक्षिणपन्थी नेता उल्फ क्रिस्टेरसन प्रधानमन्त्री बन्ने पनि पक्का भएको छ । उनले आफ्नो नेतृत्वमा सरकार बन्ने भन्दै अब बन्ने सरकार सवै स्वीडिस जनताको हुने बताएका छन् । राष्ट्रवादको नारा लगाउने दक्षिणपन्थी पार्टीहरुले बढ्दो आप्रवासी समस्यालाई मूख्य मुद्दा बनाएका थिए ।