११ असार २०८१, मंगलबार | Tue Jun 25 2024


संघीय शिक्षा ऐनको मस्यौदा पारित हुने सम्भावना टर्‍यो


780
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन ल्याउने अन्तिम तयारी गरिरहेका बेला संसद् विघटन हुने भएपछि यो सरकारले शिक्षा ऐन ल्याउने सम्भावना टरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्री परिषद्मा पेस गरेको संघीय शिक्षा ऐनको मस्यौदा मन्त्री परिषद्को विधायन समितिमा पुगेको छ ।

विधायन समितिले अध्ययन गरी पारित गरेपछि सो विधेयक राष्ट्रिय सभामा लैजाने तयारी छ । तर उक्त विधेयक राष्ट्रिय सभामा लगेर मात्रै पारित हुने अवस्था छैन् ।

प्रतिनिधि र राष्ट्रिय सभा दुवैले पारित गरेपछि राष्ट्रपति समक्ष पेस गरी राष्ट्रपतिले प्रमाणित गरेपछि बल्ल ऐन जारी हुने कानुनी व्यवस्था छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।