नमस्ते पेद्वारा चाडपर्व लक्षित उत्सव अभियानको सुरुवात « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


नमस्ते पेद्वारा चाडपर्व लक्षित उत्सव अभियानको सुरुवात


104
Shares

काठमाडौं । डिजिटल भुक्तानीको सेवा दिने कम्पनी नमस्ते पे ले दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरेर फेस्टिभ क्याम्पेन (उत्सव अभियान) ल्याएको छ ।

यो अभियानमा ४९ दिनसम्म नमस्ते पेका प्रयोगकर्ताहरुले विभिन्न सेवाहरु र विभिन्न अफर पाउनेछन् ।यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले सतप्रतिशत नगद फिर्ता पाउनेछन् । प्रयोगकर्ताहरूले जति धेरै कारोवार वा लेनदेन गर्नेछन्, त्यतिनै धेरै भाग्यशाली विजेता बन्ने र शतप्रतिशत क्यासब्याक पाउने मौका हुनेछ। अभियान अवधिको बीचमा कुनै पनि सेवाहरू (वालेट टु वालेट ट्रान्फर र लोन फण्ड बाहेक) को कारोबार गर्ने प्रयोगकर्ताहरू योग्य हुने पनि नमस्ते पेले जनाएको छ ।

त्यसैगरी, नमस्ते पे मार्फत विभिन्न बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ । हवाई उडान टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले १ हजार सम्म नगद फिर्ता पाउने छन र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड उडान टिकट पाउनेछन् ।दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले शतप्रतिशत नगद फिर्ता पाउने पनि कम्पनीले जनाएको छ ।