काठमाडाैं। नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।
मंगलबार प्रतितोला तीन हजार पाँच सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार तोलामा तीन हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला तीन लाख दुई हजार चार सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।सोमबार सुन प्रतितोला तीन लाख पाँच हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।
चाँदी मंगलबार प्रतितोला चार हजार सात सय ९० रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी बुधबार तोलामा चार हजार सात सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला ४० रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार तीन सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्