
काठमाडौं, जेठ २५ । लकडाउनका कारण सार्वजनिक नगरिएको सुनचाँदीको दरभाउ आइतबारदेखि पूनः सार्वजनिक गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ ।
गत चैत्र ११ गते तोलामा ७७ हजारमा कारोबार भएको सुन आइतबार तोलामा १० हजार ४ सयले बढेको हो ।
यस्तै चाँदी पनि तोलामा २ सय ५ रुपैयाँले बढेर नौ सय २५ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औन्स १६ सय ८३ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्