Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


छानविनकै क्रममा रहेका सन्दीपलाई कालोसूचिमा राखेकोबारे रिमाको प्रश्न


47.9k
Shares

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेपछि अभिनेत्री तथा प्रस्तोता रिमा विश्वकर्माले त्यस बिषयमा आफ्नो प्रतिक्रिया दिएकी छन् ।

रिमाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो प्रतिक्रिया दिएकी हुन् । यतिबेला प्रहरी अनुसन्धानमा रहेका सन्दीपलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । रिमाले सामाजिक सञ्जाल मार्फत आरोप लागेकै भरमा खेलाडीलाई कालोसूचीमा राख्नु कति न्यायपूर्ण भनेर प्रश्न गर्दै ? आफ्नो असन्तुष्टि ब्यक्त गरेकी छन् ।

उनले सन्दीप दोषि प्रमाणित भए देशको कानून बमोजिमको सजाय पाउनुपर्ने र अपराधीले कुनैपनि हालतमा उनमुक्ति पाउन नहुने बताएकी छन् । उनी भन्छिन्, ‘राज्यले छानबिनकै क्रममा रहेको बिषयमा दोषी नै भए जसरी एक अन्तर्राष्ट्रिय स्तरको रास्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’

उनले सामाजिक सञ्जालमा यस्तो लेखेकी छन्, –

सन्दिप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानून बमोजिम सजाय पाउनु पर्छ, अपराधिले कुनै पनि हालतमा उनमुक्ति पाउनु हुदैन।
तर, आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको बिषयमा दोषी नै भए जसरी एक अन्तराष्ट्रिय स्तरको रास्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपुर्ण छ ?