Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


महिला संजाल धरानको अध्यक्षमा राई निर्विरोध निर्वाचित


91
Shares

सुनसरी । महिला संजाल धरानको अध्यक्षमा सपना राई निर्वाचित भएकी छिन् । शनिवार राती धरानमा सम्पन्न भएको संजालको छैटौ अधिवेशनले राई अध्यक्षमा निर्विरोध निर्वाचित गरेका हुन् ।

संजालको बरिष्ठ उपाध्यक्षमा यसोदा कायस्थ २३ मत प्राप्त गरि निर्वाचित भएकी छिन् । उनकी निकटतम प्रतिद्धन्दी कोपिला भट्टराईले ६ मत प्राप्त गरेकी थिईन् । संजालको दुई उपाध्यक्षमा सावित्रा इवारम र निर्मला शाक्य निर्वाचित भएका छन् ।

सचिवमा इन्द्रकला राई तथा सहसचिवमा सकुन्तला त्रिखत्री र निर्मला नेपाल निर्विरोध निर्वाचित भएको संजालकी निर्वतमान अध्यक्ष चेताना श्रेङले जानकारी दिएकी छिन् । संजालको कोषाध्यक्षमा कुमारी राई र सहकोषाध्यक्षमा कल्पना शेर्पा निर्वाचित भएका छन् ।

त्यस्तै संजालको सदस्यहरुमा पत्रकार मनिता चाम्लिङ, उत्तरा शाक्य, मधु स्थापित, ज्योति लिम्बु, मन्जु शाक्य, रेखा कार्की, विना पुमा राई, सिता लकान्द्री, देविका विमली, रुफिना गुरुग, रिता खापुग, इन्दुदेवि श्रेष्ठ, यसोदा उप्रेती, जमुना खड्का, विजया राई निर्वाचित भएका छन् ।

महिला संजालले धरानमा उत्पिडनमा परेका महिलाहरुको हक अधिकार र विभिन्न सामाजीक क्षेत्रमा काम गर्दै आएको छ ।