 
	    काठमाडौं । मेक्सिकोको उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्यांकरले बसलाई ठक्कर दिँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
ठक्करपछि दुवै सवारीसाधन पूर्ण रुपमा जलेर ध्वस्त भएका छन् । दुर्घटना लगत्तै राजमार्ग बन्द गरि अनुसन्धान थालिएको छ । दुर्घटनापछि ट्रकका चालक फरार रहेको र उनको खोजी भइरहेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
खराब सडक संरचनाका कारण मेक्सिकोमा हरेक बर्ष सडक दुर्घटना हुँदा सयौंको मृत्यु हुने गरेको छ । यस वर्षको जनवरीदेखि जुलाईसम्म मात्र मेक्सिकोमा सवारी दुर्घटनामा ९ हजार ३ सय बढीको मृत्यु भइसकेको जनाइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्