Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


प्रभासका काका कृष्णम राजुको निधन


1.5k
Shares

काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभासका काका अभिनेता कृष्णम राजुको निधन भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार उनको निधन ८२ वर्षको उमेरमा भएको हो । लामो समयदेखि थुप्रै रोगबाट पीडित राजुको आइतबार बिहान निधन भएको छ ।

राजुको निधनपछि अभिनेतादेखि राजनीतिज्ञसम्म सबै सोकमा डुबेको देखिन्छन् । उनलाई अगस्ट ५ मा अस्पतालमा भर्ना गरिएको थियो । उनी कोभिड–१९ को समस्यासँग जुधिरहेका थिए । उपचारका क्रममा रहेका उनको मुटुको धड्कन अचानक बिग्रियो । राजुको मृगौलाले पनि राम्ररी काम गरिरहेको थिएन ।

सन् १९४० मा जन्मेका कृष्णम राजु एक सफल राजनीतिज्ञका साथै तेलुगु फिल्मका कलाकार पनि हुन्। उनी पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको तेस्रो सरकारमा मन्त्री थिए। राजु सन् २००० देखि २००१ सम्म विदेश राज्यमन्त्री थिए। त्यसपछि उनी चिरञ्जीवीको प्रजा राज्यम पार्टीमा प्रवेश गरेका थिए ।

राजु फिल्म क्षेत्रमा र राजनीति दुवैमा उत्तिकै सक्रिय थिए ।